Global TV Logo
लोड हुँदैछ...

इरानसँग समझदारीपछि हर्मुज खुला रहने ट्रम्पको घोषणा

S
Sristi Thakuri
२०२६-०६-२४, ०५:३३ AM
होमपेज/विशेष समाचार
इरानसँग समझदारीपछि हर्मुज खुला रहने ट्रम्पको घोषणा

काठमाडौं असार १० - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको हालको समझदारीपछि स्ट्रेट अफ हर्मुजमा अब थप नौसैनिक नाकाबन्दी नहुने बताएका छन् । 

सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले स्ट्रेट अफ हर्मुज अब खुला रहनेछ र त्यहाँ थप कुनै नौसैनिक नाकाबन्दी नहुने उल्लेख गरेका हुन् । यद्यपि उनले आवश्यक परे प्रयोग गर्न सकिने गरी सैन्य जहाजहरू यथास्थानमै राखिएको पनि बताएका छन् । इरानले आफ्नो आणविक कार्यक्रममाथि उच्चतम स्तरको निरीक्षण स्वीकार गरेको पनि ट्रम्पले दाबी गरेका छन् ।

 उनका अनुसार इरानले पूर्ण रूपमा र कुनै शर्तबिना उच्चतम स्तरको आणविक निरीक्षण स्वीकार गरेको छ । यद्यपि इरानी अधिकारीहरूले यसअघि सार्वजनिक रूपमा यस्ता दाबीहरूको पुष्टि गरेका छैनन् । हालसम्म इरानले आफूले नयाँ कुनै अतिरिक्त प्रतिबद्धता नगरेको बताउँदै आएको छ । ट्रम्पले इरानलाई उपलब्ध गराइने प्रतिबन्ध छुट तथा रोक्का सम्पत्तिबाट प्राप्त रकम विशेष खातामा राखिने बताएका छन् । 

उनका अनुसार उक्त रकम केवल खाद्यान्न र औषधि खरिदका लागि प्रयोग गर्न पाइनेछ । यसअघि पनि ट्रम्प प्रशासनका अधिकारीहरूले इरानलाई उपलब्ध गराइने रकम अन्ततः अमेरिकी कृषि क्षेत्रलाई फाइदा पुग्ने गरी प्रयोग गरिने बताएका थिए । यसैबीच,इरान र ओमानले महत्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ हर्मुजसम्बन्धी विषयमा छलफल गर्न संयुक्त समिति गठन गरेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com