युक्रेनले रुसमाथि पछिल्लो एक वर्षयताकै सबैभन्दा ठूलो आक्रमण गरेको दाबी

आइतबार राति युक्रेनले रुसको राजधानी मस्कोमा ठूलो ड्रोन आक्रमण गरेको छ। रुसी अधिकारीहरूले उक्त हमलामा तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन्। रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार यो आक्रमण पछिल्लो एक वर्षयताकै सबैभन्दा ठूलो भएको दाबी गरिएको छ। हमलामा मृत्यु भएका तीन जनामध्ये एक जना भारतीय नागरिक रहेको मस्कोस्थित भारतीय दूतावासले जनाएको छ। युक्रेनले पनि आइतबार रातिको आक्रमणको जिम्मेवारी लिँदै रुसमाथि हमला गरेको पुष्टि गरेको छ। युक्रेनले रातभर ५०० भन्दा बढी ड्रोन प्रयोग गरी आक्रमण गरेको बताइएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनका सहरहरूमा गरेको घातक आक्रमणको ‘जायज जवाफ’ स्वरूप यो कारबाही गरिएको बताएका छन्।यसअघि रुसले युक्रेनको राजधानी किएभमा ड्रोन र मिसाइलमार्फत भीषण आक्रमण गरेको थियो, जसमा २४ जनाको मृत्यु भएको थियो।
लोकप्रिय खबर
लोड हुँदैछ...



