विश्वकप फुटबल : क्यानडासँग बोस्निया बराबरीमा रोकियो

काठमाडौँ, जेठ ३०- सह–आयोजक क्यानडाले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा बोस्निया र हर्जगोभिनासँग १–१ को बराबरी खेल्दै प्रतियोगिताको सुखद सुरुआत गरेको छ।
टोरन्टोमा भएको खेलमा साइल लारिनले अन्तिम समयमा उत्कृष्ट गोल गर्दै क्यानडालाई महत्त्वपूर्ण एक अंक दिलाए। घरेलु समर्थकको साथ पाएको क्यानडाले खेलको सुरुआत राम्रो गरेको थियो।
तर पहिलो हाफ अन्तर्गत २१ औं मिनेटमा बोस्निया एण्ड हर्जगोभिनाका जोभो लुकिचले कर्नरबाट आएको बललाई हेडमार्फत गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाए। पछिल्लो हाफमा क्यानडाले आक्रामक खेल प्रदर्शन गर्यो। लगातार दबाब सिर्जना गरेको क्यानडाले खेलको उत्तरार्धमा बराबरी गोल निकाल्न सफल भयो।साइल लारिनले ७८ औं मिनेटमा उत्कृष्ट फिनिसिङमार्फत गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए।
यो बराबरीसँगै क्यानडाले विश्वकप इतिहासमै पहिलो पटक अंक हासिल गरेको छ।
यसअघि क्यानडाले सन् १९८६ र २०२२ का विश्वकपमा सहभागिता जनाउँदा सबै खेल गुमाएको थियो। १९८६ मा तीनै खेल हारेको क्यानडाले २०२२ मा पनि तीनै खेलमा पराजय बेहोरेको थियो।
लोकप्रिय खबर
लोड हुँदैछ...



