गगन थापाको टिप्पणी: सरकार ‘लाइभ भन्दा लाइक’मा केन्द्रित भएको आरोप
B
Buna Ghimire२०२६-०७-०५, १०:०७ AM

काठमाडौँ, असार २१ - नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको सय दिनको कार्यसम्पादनप्रति कडा टिप्पणी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार जनताको वास्तविक समस्याभन्दा सामाजिक सञ्जालमा आउने प्रतिक्रिया र ‘लाइक’मा बढी केन्द्रित भएको आरोप लगाए।
थापाले सरकार “भर्चुअल ताली”मा रमाइरहेको भन्दै जनताको जीवन सुधार्ने कामभन्दा प्रचारमुखी गतिविधिमा ध्यान गएको दाबी गरे।
उनका अनुसार सरकार केही व्यक्तिलाई पक्राउ गर्ने कार्यलाई उपलब्धि जस्तो गरी प्रस्तुत गर्दै रमाइरहेको छ। उनले देशमा अहिले डर र असुरक्षाको वातावरण बढ्दै गएको उल्लेख गर्दै मानिसहरू खुलेर बोल्न समेत हिच्किचाउने अवस्था बनेको बताए।
थापाले निजी क्षेत्र समेत त्रासमा रहेको र यस्तो परिस्थितिमा नयाँ लगानी गर्ने वातावरण नबनेको भन्दै अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने चेतावनीसमेत दिए।
लोकप्रिय खबर
लोड हुँदैछ...



