Global TV Logo
लोड हुँदैछ...

माधवकुमार नेपालको दाबी: विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै, कार्यकर्तालाई संगठन विस्तारमा जोड दिन निर्देशन

B
Buna Ghimire
२०२६-०७-०५, १०:०२ AM
होमपेज/विशेष समाचार
माधवकुमार नेपालको दाबी: विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै, कार्यकर्तालाई संगठन विस्तारमा जोड दिन निर्देशन

काठमाडौँ, असार २१ -  नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विश्व राजनीतिमा वामपन्थी प्रभाव बढ्दै गएको बताएका छन् । काठमाडौंमा आज पार्टीको उपत्यका प्रदेश समिति एकता समायोजन कार्यक्रममा बोल्दै नेपालले विश्व राजनीतिमा कम्युनिष्ट तथा वामपन्थी विचारधाराको प्रभाव क्रमशः बढ्दै गएको दाबी गरे ।  

संयुक्त राज्य अमेरिकादेखि युरोपसम्म कम्युनिष्ट गतिविधिहरू सञ्चालन भइरहेको बताउँदै सहसंयोजक नेपालले ल्याटिन अमेरिकी देशहरूमा वामपन्थीहरूले चुनाव जितेर राष्ट्रपति बनेको र अफ्रिकी मुलुकहरूमासमेत यसको प्रभाव विस्तार भइरहेको उल्लेख गरे । चीन हाल विश्व राजनीतिको केन्द्रबिन्दु बन्दै गएको बताउँदै नेपालले चिनियाँ र भियतनामी कम्युनिष्ट पार्टीका अनुभवमात्र नभई गैर–वामपन्थी शक्तिहरूले गरेका सकारात्मक कार्यहरूबाट पनि सिक्न हिचकिचाउन नहुने जिकिर गरे । 

 कार्यकर्ताहरूलाई जिम्मेवारीप्रति गम्भीर बन्दै संगठन विस्तारमा जुट्न आह्वान गर्दै नेपालले काठमाडौंमा रहेर पार्टीको जिम्मेवारी सम्हालिरहेका कार्यकर्तालाई दोहोरो भूमिका निर्वाह गर्न निर्देशन दिँदै कार्यक्षेत्र राजधानी भएपनि आ–आफ्नो गृहजिल्ला र स्थानीयतहका जनतासँग निरन्तर संवादमा रहन उनको आग्रह थियो ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com