Global TV Logo
लोड हुँदैछ...
Advertisement

तिन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी

B
Buna Ghimire
2026-03-06, 10:11 AM
होमपेज/ट्रेन्डिङ
Advertisement

No image available

काठमाडौँ : विहिबार  मतदान सम्पन्न भई हेलिकप्टरबाट मतपत्र ढुवानी गर्नुपर्ने हिमाली क्षेत्रका १५ मध्ये तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी नै रहेको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिकूल मौसमका कारण अहिलेसम्म सङ्खुवासभा, डोल्पा र गोरखा गरी तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी रहेको हो । तीन जिल्लाका हिमाली क्षेत्रका मतदान केन्द्रका मतपत्र हेलिकप्टरबाट ढुवानी गर्नुपर्नेमा हिजो बेलुकादेखि नै मौसमका कारण सम्भव हुन नसकेको जानकारी प्राप्त भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।  मौसमले साथ दिएसम्म तीन वटै जिल्लाको मतपत्र आजै बेलुकासम्म निर्वाचन अधिकृतको कार्यालयमा लैजाने गरी तयारी भइरहेको छ । मतपत्र ढुवानी भइसकेपछि तीनै वटा जिल्लाको मतगणना शुरू हुनेछ ।

Advertisement

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com