नलगाडमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

काठमाडौं , भदौ ५ - नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट सडकखण्डमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
दुर्घटनामा नलगाड नगरपालिका १० बस्ने २५ वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल जाजरकोटमा मृत्यु भएको हो ।दुर्घटनामा नलगाड नगरपालिका–१० बस्ने २६ वर्षीय गणेश ध्यार, २६ वर्षीय मानबहादुर बोहरा, ४० वर्षीया सम्झना गहतरा, ३० वर्षीय राजेन्द्र ध्यार, ५२ वर्षीया रत्नाकुमारी बोहरा र १६ वर्षीय निखिल सुनार रहेका छन् । हिजो साँझ करिब ६ः३० बजे नलगाड नगरपालिका ९ ताँत्राबाट दल्ली बजारतर्फ आउँदै गरेको लु १ च ८२२७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको थियो । जिप चालक नलगाड नगरपालिका ८ हलचौर बस्ने २४ वर्षीय विनोद विक भनिने विनबहादुर विक दुर्घटनापछि फरार रहेकोमा खोजतलास गरी राती नै नियन्त्रणमा लिइएको छ ।घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



