Global TV Logo
लोड हुँदैछ...

भारतमा सुन–चाँदी आयात शुल्क ६ बाट १५ प्रतिशत, व्यापार घाटा र रुपैयाँ दबाब नियन्त्रण गर्ने लक्ष्य

B
Buna Ghimire
२०२६-०५-१३, ०७:०१ AM
होमपेज/कर्पोरेट
भारतमा सुन–चाँदी आयात शुल्क ६ बाट १५ प्रतिशत, व्यापार घाटा र रुपैयाँ दबाब नियन्त्रण गर्ने लक्ष्य

भारत सरकारले सुन र चाँदीको आयातमा लाग्ने भन्सार शुल्क ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याएको छ । एक सरकारी आदेश अनुसार बढ्दो व्यापार घाटा कम गर्न र कमजोर बन्दै गएको भारतीय रुपैयाँलाई थप गिरावटबाट जोगाउन भन्सार शुल्क वृद्धि गरिएको हो । 

सरकारले १० प्रतिशत बेसिक कस्टम ड्युटी र ५ प्रतिशत एग्रिकल्चर इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट सेस लागू गरेको छ । यसरी कुल प्रभावकारी कर १५ प्रतिशत पुगेको छ । यसअघि सन् २०२४ को मध्यतिर कर घटाएर ६ प्रतिशत कायम गरिएको थियो । विदेशी मुद्रा सञ्चितिमा परिरहेको दबाबलाई कम गर्न र सुनको आयात घटाउन सरकारले पछिल्लो कदम चालेको बताइएको छ । 

भारत विश्वकै दोस्रो ठूलो सुन उपभोक्ता राष्ट्र हो । यसले आफ्नो आवश्यकताको करिब ९९ प्रतिशत सुन विदेशबाट आयात गर्छ । कुल आयात खर्चमा सुनको हिस्सा मात्रै ९ प्रतिशत रहेको छ । व्यवसायीहरूले भने कर वृद्धिसँगै सुनको तस्करी बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । केही दिनअघि प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नागरिकलाई एक वर्षसम्म सुन नकिन्न आग्रह गरेका थिए ।। 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com
भारतमा सुन–चाँदी आयात शुल्क ६ बाट १५ प्रतिशत, व्यापार घाटा र रुपैयाँ दबाब नियन्त्रण गर्ने लक्ष्य | Global TV Khabar