Global TV Logo
लोड हुँदैछ...

स्कटल्यान्डविरुद्ध दीपेन्द्रसिंह ऐरीको शानदार अर्धशतक, नेपाल लक्ष्य पछ्याउँदै

B
Buna Ghimire
२०२६-०५-१२, ११:२३ AM
होमपेज/खेलकुद
स्कटल्यान्डविरुद्ध दीपेन्द्रसिंह ऐरीको शानदार अर्धशतक, नेपाल लक्ष्य पछ्याउँदै

आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा दीपेन्द्रसिंह ऐरी ले स्कटल्यान्डविरुद्ध उत्कृष्ट अर्धशतक प्रहार गरेका छन्।

२२१ रनको लक्ष्य पछ्याएको नेपालका लागि दीपेन्द्रले ४३ बलमा ५ चौका र १ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन्। उनले कुल ५५ रन बनाएर आउट भए।

 यो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा दीपेन्द्रको आठौँ अर्धशतक हो। मध्यक्रममा उनले जिम्मेवार ब्याटिङ गर्दै नेपाललाई लक्ष्यतर्फ अघि बढाएका थिए। २७ ओभरको खेल सकिँदा नेपालले १२७ रन बनाएर खेलिरहेको छ। नेपाल अझै लक्ष्य पछ्याउने क्रममा मैदानमा संघर्षरत छ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com