Global TV Logo
लोड हुँदैछ...

प्रधानमन्त्री गम्भीर नदेखिएको आरोप, जिम्मेवारी छाड्न राईको आग्रह

S
Sristi Thakuri
२०२६-०७-३०, ०६:२० AM
होमपेज/विशेष समाचार
प्रधानमन्त्री गम्भीर नदेखिएको आरोप, जिम्मेवारी छाड्न राईको आग्रह

काठमाडौं , साउन १४ - श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार मुलुकको वर्तमान परिस्थितिप्रति गम्भीर नदेखिएको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकार जनतासँग संवाद, सूचना संकलन र शान्ति–सुरक्षा कायम गर्न सक्रिय हुनुपर्नेमा निष्क्रिय बनेको बताए। सरकार अभिभावकीय भूमिका निर्वाह गर्न असफल भएको टिप्पणी गर्दै देश चलाउन नसक्ने अवस्था भए जिम्मेवारीबाट पछि हट्न उनले आग्रह गरे।

राईले संसद्मा पर्याप्त सांसद रहेको उल्लेख गर्दै सक्षम नेतृत्वले देश हाँक्न सक्ने बताए। साथै, सरकार जिम्मेवारीबाट नभागी सक्रिय रूपमा काम गर्न वा नसके स्पष्ट रूपमा स्वीकार गरेर मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ थियो।

उनले सुनसरी घटनापछि सर्वदलीय बैठक बोलाएको भन्दै रास्वपा सभापति रवि लामिछानेको प्रशंसा गरे। सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल एकजुट हुनुपर्ने र त्यसको नेतृत्व सरकारले गर्नुपर्ने उनको जोड थियो।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com