Global TV Logo
लोड हुँदैछ...

एनपीएल अन्तर्गत आजका दुवै खेल प्रभावित हुने सम्भावना

B
Binita Thapa
२०२६-१०-३१, ०३:५८ AM
होमपेज/विशेष समाचार
एनपीएल अन्तर्गत आजका दुवै खेल प्रभावित हुने सम्भावना

काठमाडौँ , १४ कात्तिक- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज हुने तय भएका दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ । 

काठमाडौँमा निरन्तर झरी परिरहेकोले कीर्तिपुर मैदान पनि चिसो हुँदा आजका खेल नहुने सम्भावना बढेको हो । बिहीबार खेल सकिएपछि मैदानलाई कभरले ढाकिएको छ ।

 पानी पर्ने क्रम अहिले पनि जारी छ । मौसमविद्काअनुसार आज दिउँसोसम्म नै पानी पर्ने सम्भावना छ । एनपीएलको खेल तालिकाअनुसार आज दिउँसो साढे १२ बजे लुम्बिनी लायन्स र चितवन राइनोज तथा बेलुका ५ बजे विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्सबीच खेल रहेको छ । एनपीएलमा रिजर्भ डे नराखिएकाले खेल रद्द वा नतिजाविहीन भए टोलीहरूले समान एक-एक अंक बाँड्ने छन् । 

मैदान तयार हुन सके कम्तिमा ५ ओभरको खेल खेलाउने सम्भावना भने कायमै रहन्छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com