Global TV Logo
लोड हुँदैछ...

पत्रकार पक्राउ प्रकरणपछि रास्वपाको सचिवालय बैठक

B
Binita Thapa
२०२६-१०-३१, ०४:०५ AM
होमपेज/विशेष समाचार
पत्रकार पक्राउ प्रकरणपछि रास्वपाको सचिवालय बैठक

काठमाडौँ , १४ कात्तिक- सञ्चारगृहमा धरपकड र पत्रकार पक्राउ प्रकरणलगत्तै सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सचिवालय बैठक बोलाएको छ । 

रास्वपा सभापति रवि लामिछानेले आज शनिबार बिहान ११ बजे बस्नेगरी पार्टीको सचिवालय बैठक आह्वान गरेका हुन् । समसामयिक विषयमा छलफल गर्न भन्दै शुक्रबार राति नेताहरूलाई शनिबार बस्ने सचिवालय बैठकमा सहभागी हुन पार्टीका तर्फबाट म्यासेज पठाइएको रास्वपाका एक नेताले जानकारी दिएका छन् । 

यसअघि शुक्रबार साँझ सभापति लामिछानेले कानुनमन्त्री सोबिता गौतमसहित कानुनविद्समेत रहेका पार्टीका सांसदहरूसँग छलफल गरेका थिए । शुक्रबार साँझ सादा पोसाकका प्रहरीले समाचार कक्षमै प्रवेश गरेर नेपालप्रेस डटकमका पत्रकार विश्वमणि सुवेदी,डीएनखबरका पत्रकार धीरज बस्नेत, मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई नियन्त्रणमा लिएको थियो । यस्तै,पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाकका प्रहरी नयाँ पत्रिकाको कार्यालयमै प्रवेश गरेका थिए । 

यसको चौतर्फी आलोचना भएपछि सरकार र सरकार नेतृत्वकर्ता रास्वपा दुवैले पत्रकार पक्राउका विषयमा आफूहरूलाई कुनै जानकारी नभएको दाबी गर्दै वक्तव्य जारी गरेका थिए ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com