कांग्रेस चुनौतीपूर्ण मोडमा, एकताविना पुनर्जीवन सम्भव छैन : डा. महत

नेपाली कांग्रेसका नेता डा.प्रकाशशरण महतले पार्टीभित्र बृहत्तर एकता नभए पुनःउत्थान कठिन रहेको बताएका छन् ।
बिहीबार बिहान बाँसबारीस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा नेता महतले पार्टीभित्र बृहत्तर एकता हुन नसके नेपाली जनताको सबैभन्दा भरपर्दो र लोकप्रिय शक्तिका रूपमा कांग्रेसको पुनःउत्थान कठिन हुने बताएका हुन् । नेता महतले निर्वाचनपछि पार्टी संसद्मा सीमित संख्यामा खुम्चिएको र पार्टीको परम्परागत जनाधार समेत खस्किएकाले अहिले कांग्रेस चुनौतीपूर्ण घडीमा रहेको बताएका छन् ।
विशेषगरी नियमित १५ औँ महाधिवेशनका पक्षधरहरू र विशेष महाधिवेशनबाट नेतृत्वमा पुगेका नेताहरूबीच देशैभरि एउटा गम्भीर मनोवैज्ञानिक खाडल विद्यमान रहेको उनको भनाइ छ । यसप्रकारको परिस्थितिले पार्टीलाई झन् कमजोर बनाउने अवस्था सिर्जना गरेको महतको जिकिर छ । वर्तमान नेतृत्वबाट ठोस र जिम्मेवार कदम चालि नसकेका कारण पार्टीमा नयाँ ऊर्जा थपिन नसकेको र देशैभरिका कार्यकर्ताहरूमा विचलन देखिएको उनको दाबी छ ।
नेतृत्व तहबाटै भरोसा र विश्वास जगाउन नसक्दा कतिपय नेता÷कार्यकर्ता पार्टी छाड्न थालेको र कतिपय निष्क्रिय बस्ने अवस्था आएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । नेता महतले अब कांग्रेससँग अलमलिने समय धेरै नभएको चेतावनी समेत दिएका छन् ।
लोकप्रिय खबर
लोड हुँदैछ...



