Global TV Logo
लोड हुँदैछ...

‘कांग्रेस क्रियाशील सदस्यता अद्यावधिकको समयसीमा आज मध्यराति सकिँदै’

S
Sristi Thakuri
२०२६-०६-११, ०५:२१ AM
होमपेज/विशेष समाचार
‘कांग्रेस क्रियाशील सदस्यता अद्यावधिकको समयसीमा आज मध्यराति सकिँदै’

नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको समय सकिँदैछ । 

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको सयम आज जेठ २८ गते राति १२ बजेसम्म सकिने जनाएको हो । महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले आज मध्यरातिसँगै अद्यावधिकको समयसीमा समाप्त हुने भएकाले छुटेका सबै क्रियाशील सदस्यलाई तोकिएको समयभित्रै आफ्नो सदस्यता अद्यावधिक गरिसक्न अपिल गरेका छन् ।

 कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २ सय ९ सदस्यमध्ये बुधबार बेलुकासम्म ४ लाख ५७ हजार ३ सय ६६ जनाले एसीआईडी प्राप्त गरिसकेका जनाएको छ । त्यस बाहेक थप १ लाख २४ हजार ७ सय ४८ जनाले स्वयं अद्यावधिक फाराम पेस गरी अद्यावधिक प्रक्रियामा सहभागी भइसकेको जानकारी दिइएको छ ।

 महामन्त्री पौडेलले समयसीमा सकिनै लाग्दा एकैपटक धेरैले फाराम भर्दा प्राविधिक समस्या आउन सक्ने भएकाले अन्तिम समयसम्म प्रतीक्षा नगरी तत्कालै अद्यावधिक प्रक्रिया पूरा गर्न सबै क्रियाशील सदस्यलाई आग्रह गरेका छन् ।

 कांग्रेसले सदस्यता व्यवस्थापनलाई डिजिटल र व्यवस्थित बनाउने उद्देश्यका साथ अनलाइन माध्यमबाट क्रियाशील सदस्यता अद्यावधिक अभियान सञ्चालन गर्दै आएको छ । कतिपय नेताहरूले अवरोध गर्ने प्रयास गरे पनि क्रियाशील सदस्यता अद्यावधिक अभियान गाउँगाउँसम्म उत्साहजनक रूपमा अघि बढिरहेको कांग्रेस केन्द्रीय कार्यालयको दाबी छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com