Global TV Logo
लोड हुँदैछ...

तिहारमा ६४ करोड ५० लाखको पुष्प कारोबार हुने अनुमान, ५१ लाख ८० हजार माला खपत हुने

S
Sristi Thakuri
२०२६-११-०८, ०४:४९ AM
होमपेज/विशेष समाचार
तिहारमा ६४ करोड ५० लाखको पुष्प कारोबार हुने अनुमान, ५१ लाख ८० हजार माला खपत हुने

काठमाडौं,कात्तिक २२ - यस वर्षको तिहारमा देशभर ५१ लाख ८० हजार विभिन्न प्रकारका फूलका माला खपत हुने अनुमान गरिएको छ । 

फ्लोरिकल्चर एसोसिएसन नेपाल फ्यानका अनुसार तिहारका पाँच दिनमा फूलका मालाबाट मात्रै करिब ४८ करोड रुपैयाँको कारोबार हुनेछ । मालाबाहेक फूलका थुँगा र गमलासमेत जोड्दा यस वर्ष तिहारमा पुष्प व्यवसायको कुल कारोबार ६४ करोड ५० लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । फ्यानका अनुसार यस वर्ष सबैभन्दा बढी ४५ लाख सयपत्री फूलका माला खपत हुनेछन् । प्रतिमाला औसत ९० रुपैयाँका दरले यसको कारोबार ४० करोड ५० लाख रुपैयाँ पुग्ने अनुमान छ । त्यस्तै, ६ लाख मखमली मालाबाट २ करोड ७० लाख, २० हजार गोदावरी मालाबाट २ करोड ४० लाख र ६० हजार मिश्रित फूलका मालाबाट २ करोड ४० लाख रुपैयाँको कारोबार हुने अपेक्षा छ । त्यसैगरी, ३५ लाख सयपत्री फूलका थुँगाबाट १० करोड ५० लाख र ८ लाख गोदावरीका गमलाबाट ६ करोड रुपैयाँको कारोबार हुने फ्यानले जनाएको छ । नेपालमा पछिल्ला वर्षमा फूलको व्यावसायिक उत्पादन विस्तार हुँदै गएको छ । फ्यानका अनुसार अहिले सातै प्रदेशका विभिन्न जिल्लामा २ सय २५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सयपत्री फूलको व्यावसायिक खेती भइरहेको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com