Global TV Logo
लोड हुँदैछ...

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव

B
Binita Thapa
२०२६-११-०८, ०४:०३ AM
होमपेज/विशेष समाचार
नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं,कात्तिक २२ - नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लागेको छ, बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार, आइतबार दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी तथा कोसी र वाग्मती प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको पूर्वानुमान छ । राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भाग तथा बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com