तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा काठमाडौँ महानगरको प्रतिबन्ध

काठमाडौँ, कात्तिक १७ - काठमाडौँ महानगरपालिकाले तिहारको अवसर पारेर आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, माला र सजावटका सामग्री बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाएको छ ।
काठमाडौँ महानगरले नगर कार्यपालिकाको कार्यालयअन्तर्गतको महानगर प्रहरी बलले एक सूचना जारी गर्दै सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई प्लास्टिकजन्य फूलमाला बिक्री वितरण नगर्न÷नगराउन आग्रह गरेको हो । सूचनाको अवज्ञा गरी प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सामग्रीहरू जफत गरिने कडा चेतावनी महानगरले दिएको छ । काठमाडौ महानगरले स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले नेपाली किसानले उब्जाएका फूल बिक्रीका लागि निश्चित स्थानहरू समेत तोकेको छ । सरोकारवाला निकायहरूसँगको समन्वयमा नेपाली किसानहरूले उत्पादन गरेका फूल तथा मालाहरू सहज रूपमा बेच्नका लागि विभिन्न मल, मार्ट, चौर र खुला स्थानहरू तोकेको हो । स्वदेशी फूल तथा माला बिक्रीका लागि बानेश्वर÷शंखमूल क्षेत्रको एन.बि. सेन्टर, आइ प्लेक्स मल, सेल्स बेरी, बिग मार्ट शंखमूल,चाबहिल÷सिफल क्षेत्रमा सिफल चौर, ए.सी. कम्प्लेक्स, चाबहिल गणेशस्थान तरकारी बजार,के.एल. टावर अगाडि तय गरिएको छ । यस्तै, कालिमाटी÷कलंकी÷स्वयम्भू क्षेत्रमा कालिमाटी ब्याङ्क्वेट, कालिमाटी चौखेल, कलंकी भाटभटेनी, स्वयम्भू धर्म चक्र पार्क, गोङ्गबु÷माछापोखरी,नयाँ बजार भ्याली कोल्ड स्टोर तोकेको छ ।
लोकप्रिय खबर
लोड हुँदैछ...



