Global TV Logo
लोड हुँदैछ...

ग्लोबल टेलिभिजनको असोज महिनाको उत्कृष्ट कर्मचारीमा कुँवर सम्मानित

S
Sristi Thakuri
२०२६-११-०३, ०९:४६ AM
होमपेज/विशेष समाचार
ग्लोबल टेलिभिजनको असोज  महिनाको उत्कृष्ट कर्मचारीमा  कुँवर सम्मानित

काठमाडौँ, कात्तिक १७ - ग्लोबल टेलिभिजनले संस्थामा कार्यरत कर्मचारीमध्ये अक्कल कुँवरलाई असोज  महिनाको उत्कृष्ट कर्मचारीका रूपमा सम्मान तथा पुरस्कृत गरेको छ ।

भाइटीकाको अवसर पारेर शुक्रबार आयोजित एक विशेष समारोहमा टेलिभिजनले डेस्क शाखामा कार्यरत कुँवरलाई उत्कृष्ट कर्मचारी घोषणा गर्दै सम्मान गरेको हो ।  कुँवर ग्लोबल टेलिभिजनको डेस्क शाखामा कार्यरत रहेका छन् । 

कुँवरलाई ग्लोबल टेलिभिजनका अध्यक्ष प्रभुराम श्रेष्ठले नगद पुरस्कार, सम्मानपत्र तथा मायाको चिनो प्रदान गरेका थिए ।

संस्थामा कार्यरत कर्मचारीको मनोबल उच्च राख्दै कार्यसम्पादनमा थप उत्साह र प्रेरणा जगाउने उद्देश्यले ग्लोबल टेलिभिजनले प्रत्येक महिना उत्कृष्ट कर्मचारी छनोट गरी पुरस्कृत गर्दै आएको छ । उत्कृष्ट कर्मचारी छनोट तथा सम्मानले कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी र उत्प्रेरित बनाउने विश्वास व्यवस्थापन पक्षले लिएको छ ।

सम्मानित भएपछि कुँवरले आफूले इमानदारीपूर्वक गरेको कामको मूल्याङ्कन भएकोमा खुसी तथा गर्व महसुस भएको बताए । उनले आफ्नो कामको कदर गर्दै सम्मान गरेकोमा टेलिभिजन व्यवस्थापनप्रति आभार व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका थिए ।

कर्मचारीको योगदानको कदर गर्दै नियमित रूपमा उत्कृष्ट कर्मचारी सम्मान गर्ने संस्थाको यस पहलले कार्यस्थलमा सकारात्मक प्रतिस्पर्धा र कामप्रतिको उत्साह अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com