Global TV Logo
लोड हुँदैछ...

युवालाई देशमै रोक्ने लक्ष्य सरकारको: अर्थमन्त्री वाग्ले

S
Sristi Thakuri
२०२६-०६-१४, १०:४६ AM
होमपेज/विशेष समाचार
युवालाई देशमै रोक्ने लक्ष्य सरकारको: अर्थमन्त्री वाग्ले

काठमाडौँ,  जेठ ३१-अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले देश पछिल्लो १०–१५ वर्षदेखि निहित स्वार्थ समूहहरूको प्रभावमा रहेको दाबी गर्दै सरकारले त्यसलाई तोड्ने अभियान अघि बढाएको बताएका छन् ।  

आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले राजनीतिक नेतृत्वदेखि राज्यका विभिन्न निकायसम्म स्वार्थ समूहको प्रभाव देखिएको उल्लेख गर्दै अहिले त्यसको “क्लिन अप” प्रक्रिया सुरु गरिएको जानकारी दिए । उनका अनुसार देशकै ठूलो वित्तीय अनियमितताको मुद्दा एक खर्बभन्दा बढी बिगोसहित अदालतमा पुगेको छ।

अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधार र सुशासन कायम गर्न सरकार पाँच वर्षे रोडम्यापसहित अघि बढिरहेको बताउँदै युवालाई देशमै अवसर सिर्जना गर्ने दिशामा काम भइरहेको दाबी गरे । 

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com