विधिको शासनमाथि सम्झौता हुँदैन : गगन थापा
S
Sristi Thakuri२०२६-०६-१४, १२:४० PM

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले बहुमतको आडमा कानूनलाई राजनीतिक हतियारका रूपमा प्रयोग गर्न नहुने बताएका छन्।
आइतबार सानेपामा आयोजित कार्यक्रममा बोल्दै उनले ‘कानूनको शासन’ र ‘कानूनद्वारा शासन’ बीचको भिन्नता बुझ्न सांसदहरूलाई आग्रह गर्दै संविधान र विधिको शासनविपरीत कुनै गतिविधि भए कांग्रेस त्यसको विरोधमा उभिने स्पष्ट पारे।
थापाले सरकारले आर्थिक रूपान्तरणका लागि प्रभावकारी काम गरे कांग्रेसको सहयोग रहने बताए। साथै, आगामी आर्थिक वर्षको बजेटले मध्यम तथा न्यून आय भएका वर्गलाई अपेक्षित राहत दिन नसकेको टिप्पणी गर्दै सरकारले एकातिर राहत दिएको देखाए पनि अर्कोतर्फ करको भार बढाएको आरोप लगाए।
लोकप्रिय खबर
लोड हुँदैछ...



