Global TV Logo
लोड हुँदैछ...

योगेश भट्टराईको दाबी: एमाले फुट्दैन, पुनर्गठन भएरै छाड्छ

S
Sristi Thakuri
२०२६-०६-१५, ०५:४८ AM
होमपेज/विशेष समाचार
योगेश भट्टराईको दाबी: एमाले फुट्दैन, पुनर्गठन भएरै छाड्छ

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टी पुनर्गठन हुनेमा ढुक्क रहन आग्रह गरेका छन् । 

एमालेमा पुनर्गठनको मुद्दा पेचिलो बन्दै जाँदा त्यसविरूद्ध अध्यक्ष केपी शर्मा ओली आफै मैदानमा उत्रिएपछि पार्टीभित्र ध्रुवीकरण बढेको हो । पार्टीभित्रको पछिल्लो विवादले विभाजन हुने नेता तथा कार्यकर्ताले आशंका गर्न थालेका छन् । 

त्यही सन्दर्भमा भट्टराईले सामाजिक सञ्जालमा छोटो कवितांश प्रस्तुत गर्दै एमाले पुनर्गठन भइ छाड्ने बताएका हुन् । उनले आफुहरुमा लोभपाप नभएको उल्लेख गर्दै पार्टी नफुट्ने तर पुर्नगठन भने अवश्य हुने जिकिर गरेका छन् । 

एमालेभित्र पुनर्गठनको नेतृत्व अहिले संस्थापकइतर र संस्थापकभित्रैबाट उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले गरिरहेका छन् । कार्यदल नै बनाएर अहिले बहस भइरहेको छ । 

केन्द्रीय सदस्यहरू र तलका अधिकांश नेता–कार्यकर्ता पुनर्गठनको पक्षमा उभिन थालेपछि ओलीले पनि भेला, छलफल गर्दै आफ्नो पक्षमा माहौल विस्तार गरिरहेका छन् ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com