Global TV Logo
लोड हुँदैछ...
Advertisement

चक्रे मिलन समूहमा आवद्ध ‘निरे’ पक्राउ

B
Buna Ghimire
2026-04-19, 05:05 AM
होमपेज/समाचार
Advertisement

No image available

नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघमा आवद्ध निराजन पौडेल (निरे) ज्यान मार्ने र हातहतियार मुद्दाको अनुसन्धानका लागि पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका अनुसार विभिन्न अभियोगमा मौखिक र लिखित उजुरी परेपछि उनी पक्राउ परेका हुन् ।

ज्यानमार्ने उद्योग, हातहतियार र अभद्र व्यवहारका विभिन्न घटनामा उनी संलग्न रहेको बताइएका उनलाई बालुवाटारबाट पक्राउ गरिएको बताइएको छ ।

उनी विवादास्पद पृष्ठभूमिका चक्रे मिलन समूहमा आवद्ध रहेको र सार्वजनिक शान्ति खलल पार्ने विभिन्न गतिविधिमा सक्रिय व्यक्ति भएको प्रहरीले जनाएको छ ।

उनका विरुद्ध अभद्र व्यवहारको मुद्दामा म्याद थप भएको र अन्य मुद्दाको अनुसन्धान जारी छ ।

Advertisement

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com