Global TV Logo
लोड हुँदैछ...
Advertisement

नियन्त्रित डढेलो लगाउन सुरु

B
Buna Ghimire
2026-03-03, 10:44 AM
होमपेज/प्रदेश समाचार
Advertisement

No image available

फागुन १९ 

चितवन राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदान व्यवस्थापन गर्न नियन्त्रित डढेलो लगाउन सुरु गरिएको छ । वर्षायाममा घाँसे मैदानमा बढेका ढड्डी घाँस, अतिक्रमित झार फैलिन नदिई नियन्त्रित डढेलो लगाउन सुरु गरिएको हो ।निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार निकुञ्जका घाँसे मैदानमा प्रत्येक वर्ष नियन्त्रित डढेलो लगाउने गरिन्छ । हाल भिम्ले, सुखिभार र कसरा क्षेत्रमा नियन्त्रित डढेलो लगाउन सुरु गरिएको उहाँले जानकारी दिए । क्रमशः अन्य क्षेत्रहरुमा नियन्तित्र डढेलो लगाइनेछ । उक्त कार्यका लागि निकुञ्जका ३० जना कर्मचारी खटिएका छन् । सूचना अधिारी मगरले भन्नुभयो, “नियन्त्रित डढेलो लगाएपछि ठूलो डढेलोको सम्भावना टर्छ ।” यसले वन र वन्यजन्तुमा ठूलो असर नपर्ने र घाँसे मैदान व्यवस्थापनमा सहयोग पुग्ने उनले बताए । 

Advertisement

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com