मंगलबार पनि बढ्यो शेयर बजार
B
Buna Ghimire२०२६-०३-०३, १०:०१ AM
No image available
फागुन १९
सेयरबजार परिसूचक नेप्से ३८.५२ अंकले बढेर २७१२.४९ अंकमा पुगेको छ।
चुनावघोषणा भएपछि २७८८ अंक छोएर फर्किएको नेप्सेले निर्वाचनका अघिल्लो ६ दिन पुन: लगातार बढेको हो। गत फागुन ११ गते २.४१ अंकले बढेको नेप्से त्यसपछि निरन्तर बढ्न पुगेको हो। फागुन १२ गते २१.६२ अंकले बढ्दा फागुन १३ गते १०.३०, फागुन १४ गते ६.०३ अंक र फागुन १७ गते १९.०४ अंकले बढेको थियो । लगातार बढेको नेप्सेले आज छैठौँ दिन ३८ अंकको उचाइ लिँदै २७ सय विन्दुमाथि पुगेको छ। लगानीकर्ताले ६ अर्ब २३ करोड बराबरको सेयर किनबेच गर्दा कारोबारमा आएका अधिकांश कम्पनीको मूल्य बढ्न पुगेको छ। आज कारोबारमा आएका ३२९ कम्पनीको सेयरमध्ये २५४ वटाको मूल्य बढ्दा सालपा विकास बैंक, पन्चकन्या माई हाइड्रोपावर र रिलायन्स स्पिनिङ्ग मिल्सको ९ प्रतिशतले मूल्य बढेका छन्। अन्यको भने सामान्यले मूल्य बढेको छ। घट्नेमा भने आज ६ वटा कम्पनी देखिएका छन्। शुभम् पावरको २.५३ प्रतिशतले मूल्य घटेर सर्वाधिक मूल्य गुमाउनेको सूचीमा अगाडि देखिएको छ। ५ वटा म्युचुअल फन्डहरुको मूल्य घटेको छ। यस्तै आज लगानीकर्ताले सबैभन्दा धेरै आखुँखोला जलविद्युत् कम्पनीको कारोबार गरेका छन्। यो कम्पनीमा ३४ करोडको कारोबार भएको छ।
लोकप्रिय खबर
लोड हुँदैछ...



