संखुवासभाको सबै क्षेत्रको मतपेटिका अझै सदरमुकाम आइपुगेन
B
Buna Ghimire2026-03-06, 08:58 AM


काठमाडौँ : संखुवासभामा मतगणना अनिश्चित बनेको छ ।
विकट क्षेत्र र प्रतिकूल भूगोलका कारण जिल्लाका ९ वटा मतदान केन्द्रको मतपेटिका संकलनमा ढिलाइ भए पछि मतगणना अनिश्चित बनेको हो। संखुवासभाकी प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले सिलिचोङ गाउँपालिका र भोटखोला गाउँपालिकाको केही दुर्गम क्षेत्रका मतपेटिका शुक्रबार दिनभरमा सदरमुकाम आइपुग्ने बताइन् । उनले ९ वटा मतदान केन्द्रको मतपेटिका संकलन हुन बाँकी रहेको जानकारी दिइन् । जसमध्ये पाँचवटा केन्द्रबाट हेलिकप्टर मार्फत र चारवटा केन्द्रबाट गाडी मार्फत मतपेटिका ल्याउने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

लोकप्रिय खबर
लोड हुँदैछ...




