Global TV Logo
लोड हुँदैछ...

सुरुङ खनेर ६ जना कैदी फरार

B
Binita Thapa
२०२६-१०-३१, ०५:३६ AM
होमपेज/विशेष समाचार
सुरुङ खनेर ६ जना कैदी फरार

काठमाडौँ, कात्तिक १४ - जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर ६ जना कैदी फरार भएका छन् ।

शुक्रबार गएराति सुरुङ खनेर उनीहरू फरार भएको बताइएको छ । प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शनिबार बिहान ६ बजेतिर कैदीबन्दी गणना गर्ने क्रममा संख्या नपुगेपछि उनीहरू फरार भएको पत्ता लागेको हो । ६ जनामध्ये चार जना चोरो र जबरजस्ती करणी मुद्दाका कैदी र दुई जना थुनुवा फरार भएका हुन् ।

 जिल्ला प्रहरी कार्यालय डोल्पाका डीएसपी अनिलराज गिरीका अनुसार उनीहरू कति बजे फरार भएका हुन् भन्ने यकिन भइसकेको छैन । उनीहरूलाई राखिएको कोठाभित्रबाट बाहिरसम्म करिब चार मिटर लामो सुरुङ खनिएको पाइएको छ । 

कारागारमा सुरुङ खनेर बाहिर निस्किएको देखिएको प्रजिअ हमालले जानकारी दिएकी छन् । घटनाबारे थप विवरण आउन बाँकी छ ।

लोकप्रिय खबर

लोड हुँदैछ...

Global TV Logo
सूचना विभाग दर्ता नं.०७३–७४
+977-1-445545, +977-1-474545news@globaltv.com
© २०२६ Globaltv.com