नगद वितरणले मात्र गरिबी हट्दैन : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले केवल नगद वितरणले मात्रै गरिबी न्यूनीकरण सम्भव नहुने बताएका छन्। बिहीबार प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले सरकारले नागरिकलाई सधैं सहायता लिने अवस्थाभन्दा आयआर्जन गर्ने र आत्मनिर्भर बन्ने वातावरण सिर्जना गर्न खोजेको बताए।
उनले सामाजिक सुरक्षाका कुनै पनि कार्यक्रम कटौती नगरिएको, बरु केही क्षेत्रमा विस्तार गरिएको जानकारी दिए। गरिबी घटाउने प्रभावकारी उपाय रोजगारी सिर्जना र उत्पादन वृद्धि भएको उल्लेख गर्दै कृषि, उद्यमशीलता र निजी क्षेत्रलाई सशक्त बनाउने नीति सरकारले लिएको बताए।
अर्थमन्त्री वाग्लेले सक्षम राज्य र गतिशील निजी क्षेत्रबीचको सहकार्यबाट मात्रै समतामूलक आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा व्यक्त गरे। साथै, नियामकीय निकायलाई बलियो बनाउँदै आर्थिक क्षेत्रका विकृति अन्त्य गर्ने सरकारको लक्ष्य रहेको बताए।
लोकप्रिय खबर
लोड हुँदैछ...



